१६ जेष्ठ २०८०, मंगलबार

नवलपरासीका स्थानीयको मोबाइलमा बाढीको चेतावनीसहितको म्यासेज, सतर्क हुन आग्रह

लेखाजोखा न्यूज

४ साउन २०७७, आइतबार १:३८

कावासोती । पछिल्लो केही साताको लगातारको वर्षाले यतिबेला नवलपरासीको पूर्व र पश्चिममा बाढी आइरहेको छ । नवलपरासी जिल्ला भित्रका साना तथा ठूला नदीहरुमा पानीको बहाव बढेसँगै सचते रहन आग्रह गरिएको छ । आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

चितवन र नवलपरासी पूर्वकोबीच हुँदै बग्ने नारायणी नदीमा पानीको सतह बढ्दै गएको छ । यसैबीच नवलपरासी बाढीको उच्च जोखिममा रहेको भन्दै अहिले नवलपरासी बासीको मोबाइलमा सतर्क रहनका लागि म्यासेज आइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले यतिबेला नवलपरासी जिल्लाको पूर्व र पश्चिममा रहेकाहरुलाई सतर्क रहन आग्रह गर्दै आइतबार बिहान ५ बजे सबैको मोबाइलमा म्यासेज गरेको हो ।


म्यासेजमा भनिएको छ, “परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी बर्षा मापन भएको, थप बर्षा हुन सक्ने, अरुणखोला, गिरुवारी खोला र नवलपरासीका साना नदी तटिय क्षेत्रमा एक्कासी बाढी आउन सक्छ, सतर्क रहौं ।”

नवलपरासी पश्चिमको परासी देखी पुर्वको गैंडाकोट सम्म नै बाढीको जोखिम रहेको छ । अहिले नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका ३ रतनपुरमा नारायणी नदीले जग्गा कटान सुरु गरिसकेको छ । यस्तै गैंडाकोट नगरपालिकाका सयौं घरमा पानी पसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend