ई. चटौतको स्वरमा मनको धड्कन सार्वजनिक

लेखाजोखा न्युज
१८ कार्तिक २०७७, मंगलवार ०८:४२

काठमाडौं । इन्जिनियर हरिष चटौतको स्वरमा ‘मनको धड्कन’ बोलको गीती भिडियो सार्वजनिक भएको छ । एकेजीको पोस्ट प्रडक्सनमा बनेको गीति भिडियोमा शब्द तथा संगीत नवराज कलौनीको रहेको छ । कलौनीकै युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।

अराज केशव गिरीको निर्देशन तथा सम्पादन रहेको भिडियोमा पूजा विष्ट, अन्श बर्मा, निशा पाण्डे र कलौनीको अभिनय रहेको छ । गीतको म्युजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् भने सिनेमाटोग्राफर प्रकाश नगरि हुन् ।

चाटौतका अनुसार इन्जिनियरिङ पढ्दा ताका उनको गीत–संगीतमा रुची बढेको हो । कुनै दिन एल्बम निकाल्छु भन्ने सोच भने उनले बनाएका थिएनन् । इन्जिनियर्स पोस्टसँग उनले भने, ‘एल्बम निकाल्ने सपना नै चाहिँ थिएन तर, इच्छा भने थियो । अहिले त्यो इच्छा पुरा भएको छ ।’

आफ्नो पहिलो गीत भएकाले कमी–कमजोरी सुधार गर्दै आगामी दिनमा अझ राम्रो गर्ने प्रयास गर्ने उनले बताए ।