काठमाडौं उपत्यकामा ८९५ कोरोना संक्रमित थपिए

लेखाजोखा न्युज
१० कार्तिक २०७७, सोमबार १८:४०

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३८० महिला र ५१५ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १८ हजार ३७४ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् भने ५७ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ५२० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७९१ र ललितपुरमा दुई हजार ४९५ जना होम आइसोलेसनमा रहेका छन् ।