एक हजार ७४१ कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु कुल कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ भने ८६२ जनाको मृत्यु भएको छ

लेखाजोखा न्युज
१० कार्तिक २०७७, सोमबार १८:३०

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ७४१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ७४१ संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४३ हजार २९२ रहेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १५ हजार ६७५ जना डिस्चार्ज भएका छन् ।

आजसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर दुई हजार ९६९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ ।