यस वर्ष दसैंको टीका लगाउँदा ध्यान दिनुपर्ने १२ कुराहरु के-के हुन् ?

लेखाजोखा न्युज
१० कार्तिक २०७७, सोमबार ०९:१६

काठमाडौं । नेपालीहरुले आफ्नो महान चाड विजया दशमी मनाइरहँदा कोरोना संक्रमण थप पेचिलो बन्दै गएको छ । संक्रमितको दर दिनानुदिन बढ्दै गएको छ ।

आइतबार देशभर दुई हजार ८ सयभन्दा बढी संक्रमित थपिएका छन् । काठमाडौं उपत्यका लगायत ठूला सहरहरुमा कोरोनाभाइरस समुदायमै फैलिसकेको देखिन्छ ।

संक्रमणबाट कतपियले आफन्ता र प्रियजनहरु गुमाएका छन् । त्यसकारण विजयादशमीको टीका थाप्दा विशेष सावधानी अपनाउन सरकारले पनि अपिल गरेको छ ।

यस वर्षको दसैंको टीका लगाउँदा संक्रमण थप फैलन नदिन विशेष ध्यान दिनु आवश्यक छ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले यस पटक टीका लगाउँदा ध्यान पुर्याउनुपर्ने १२ सुझावहरु दिएका छन् :

१. दुवै पक्षले मास्क लगाएर मात्र टीका लगाउने

२. ६ फिटको दुरी कायम गरेर बस्ने

३. सकभर हातमा टीका जमरा लिने अनि आफैँ निधारमा लगाउने

४. टीका दिनेले प्रत्येक पटक हात धुने

५. हात पुछ्ने रुमाल/टावेल एक अर्कामा सेयर नगर्ने

६. एकजनालाई टीका लगाउने काम १ मिनेटभित्र सक्ने

७. घरभित्र हैन, घरबाहिर आँगन, बरण्डा, बगैचा वा अन्य खुला ठाउँमा बसेर टिका लगाउने

८. मास्क पटक्कै नखोल्ने। पानी, चिया, कफी, खाजा, खाना आफ्नो घरमा गएर मात्र खाने

९. साबुनपानीले हात धोइरहने

१०. भीडभाड पटक्कै नगर्ने

११. दक्षिणा लेनदेन नगरे राम्रो। दक्षिणा लेनदेन गर्नै पर्ने भएमा अघिल्लो दिन हात राम्रोसंग धोएर, पैसालाई खाममा राखेर तथा सुख्खा हातले लेनदेन गर्ने

१२. सकभर फोन वा नेटबाट आशिर्वाद तथा शुभकामना आदानप्रदान गर्ने