१६ जेष्ठ २०८०, मंगलबार

विश्वमा कोरोना संक्रमणमा एकदिनमा अहिलेसम्मकै उच्च वृद्धि, २ लाख ६० हजार संक्रमित थपिए

लेखाजोखा न्यूज

४ साउन २०७७, आइतबार ७:४०

काठमाडौं । विश्वमा नोभेल कोरोना भाइरसको संक्रमणबाट विश्वमा हालसम्मकै एकदिनमा उच्च वृद्धि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पछिल्लो २४ घण्टामा दुई लाख ६० हजार कोरोना भाइरस संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक दिनमा अढाई लाख कोरोना भाइरस संक्रमित थपिएको यो पहिलो पटक भएको बताएको छ ।

सबैभन्दा बढी कोरोना भाइरस संक्रमितको वृद्धि अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ७ हजार ३६० रहेको छ । यो संख्या पनि मे १० यताकै उच्च रहेको जनाइएको छ ।

अहिलेसम्म विश्वभर ६ लाख ६ सय भन्दा धेरैको ज्यान गएको छ ।

अमेरिकामा शनिबार अहिलेसम्मकै धेरै ७१ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ब्राजिलमा ४५ हजार ४०३, भारतमा ३४ हजार ८८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३७३ जनामा शनिबार संक्रमण पुष्टि भएको डब्लुएचओले उल्लेख गरेको छ ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ४० लाख पुगेको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित संयुक्त राज्य अमेरिकामा ३८ लाख ३३ हजार २७१ संक्रमित रहेका छन् भने दोस्रो नम्बरमा ब्राजिलमा २० लाख ७५ हजार २४६ रहेका छन् ।

तेस्रो नम्बरमा १० लाख ७७ हजार ८६४ कोरोना संक्रमित रहेका छन् भने रुसमा ७ लाख ६५ हजारभन्दा बढी र दक्षिण अफ्रिकामा ३ लाख ५० कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend