रमेशको गीतमा रमेशकै निर्देशन

लेखाजोखा न्युज
८ कार्तिक २०७७, शनिबार ०६:४९

काठमाडौं । चर्चित गीतकार रमेश बिजीको गीत ‘भोकले मर्छुकी’ भर्खरै मात्र बिन्ध्यवासिनी म्यूजिक प्रालिको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गायक राज सिग्देलको स्वर रहेको गीतमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको संगीत र चन्द सिंहको संगीत संयोजन रहेको छ ।

दुई रमेशको संयोग रहेको गीतको म्यूजिक भिडिओ बनाउने जिम्मा भने कुशल निर्देशक रमेश बाबा नेपालले लिएका थिए ।

नेपालद्वारा निर्देशित भिडिओमा सुरेश श्रेष्ठले छायांकन र विनोद बमले सम्पादनको भूमिका निर्वाह गरेका छन् ।

उषा रजक, दिवेन कार्की र यशोदा बोगटी अभिनित गीति भिडियोमा कोरोनाको महामारीको बेला विदेशिएका नेपाली कामदार, कोरोनाले निम्त्याएको पीडा र देशप्रेमलाई झल्काएको छ ।