६ जेष्ठ २०७९, शुक्रबार

यसैहप्ताभित्र स्थानीय तह निर्वाचनको मिति घोषणा हुन्छ : मन्त्री खतिवडा

लेखाजोखा न्यूज

३ माघ २०७८, सोमबार ३:३७

काठमाडाैं ।  स्वास्थ्य तथा जनसख्यामन्त्री विरोध खतिवडाले यसैहप्ताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुने बताएका छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने उनले जानकारी दिए ।

मोरङमा भएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले पाँच दलीय गठबन्धन चुनावका लागि प्रतिबद्ध रहेको र अब बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति टुंङ्गो लाग्ने बताएका हुन् ।

साथै थप आवश्यक छलफल गर्न सरकार सञ्चालनका लागि गठित राजनीतिक समन्वय समितिको बैठक मंगलबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend