६ जेष्ठ २०७९, शुक्रबार

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड भेटवार्ता, के- के भयो कुराकानी ?

लेखाजोखा न्यूज

३ माघ २०७८, सोमबार २:०४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवालाई भेट्न प्रचण्ड आज बिहान बालुवाटार गएका थिए ।

दुई नेताबीच प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

स्थानीय तहको चुनावबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाउने सहमति भएको हो ।

समन्वय समितिको बैठक मंगलबारका लागि बोलाइएको हो । समन्वय समितिमा सत्तागठबन्धनका पाँच दल सामेल छन् । जहाँ ११ जना सदस्य रहेका छन् ।

निर्वाचन आयोगले यसअघि नै स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायतले पनि मिति घोषणा गर्न माग गरिरहेका छन् । तर, सरकारले भने मिति घोषणा गर्न गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend