६ जेष्ठ २०७९, शुक्रबार

मन्त्री झाँक्रीले गरिन् १०० दिने कार्यकालको समीक्षा

लेखाजोखा न्यूज

३ माघ २०७८, सोमबार १:५४

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो १०० दिनको कार्यकालको समीक्षा गरेकी छन् । मन्त्री भएको १०० दिन पूरा भएको अवसमा मन्त्री झाँक्रीले मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन परी आफ्ना उपलब्धी सार्वजनिक गरेकी हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचे अनुसारको काम गर्न नसकिएको बताइन् । सहरी क्षेत्रमा बसोबास गर्ने आमजनमासको अपेक्षालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको उनले बताइन् ।

उनले प्रदेश र संघीय सरकारका कतिपय निकायहरुबीच समन्वय गराउन आफूले प्रयत्न गरेको र सोही अनुसार काम भइरहेको मन्त्री झाँक्रीले बताइन् । प्रभावकारी ढंगले काम हुनका लागि पालिका, प्रदेश र संघीय मन्त्रालयबीच समन्वय अपरिहार्य भएको उनको भनाइ छ ।

प्रत्येक पालिकासँग सहरी विकासका लागि समन्वय भइरहेको मन्त्री झाँक्रीको भनाइ छ । वागमती सरसफाइ र विकासका लागि छिटै गुरुयोजना बनाएर अघि बढने उनले बताइन् । वागमती सफाइ गर्न पानीको ड्याम बनाउने कार्य भइरहेको उनले जानकारी दिइन् । उनले वागमती नदीलाई ढल मुक्त बनाउने प्रतिवद्धता व्यक्ति गरिन्। ।वागमती नदीलाई कुनैपनि हालतमा अतिक्रमणबाट रोक्ने उनले प्रतिवद्धता जनाइन् ।

जनता आवास कार्यक्रममा आफू प्रतिवद्ध गरेको भन्दै झाँक्रीले काठमाडौंका घना बस्तीमा खुला क्षेत्र निर्माण गर्ने तयारी भइरहेको उनले बताइन् । काठमाडौं फोहोर मैला व्यवस्थापन गर्ने तयारी स्वारुप अनुसन्धान केन्द्रको स्थापना हुने मन्त्री झाँक्रीले बताइन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend