६ जेष्ठ २०७९, शुक्रबार

दाउराले हानेर छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ

लेखाजोखा न्यूज

३ माघ २०७८, सोमबार १:१०

सोलुखुम्बु । छिमेकीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रेका ४५ वर्षीय वाङदी शेर्पा हत्याको आरोपमा छिमेकी ५२ वर्षीय दानु शेर्पालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार वाङदीले दाउराले हानेर दानुको हत्या गरेका हुन् । गएराति पौने १२ बजे घटनाको जानकारी पाए लगतै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटि वाङदी शेर्पालाई नियन्त्रणमा लिईएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend