६ जेष्ठ २०७९, शुक्रबार

१४ वर्षीया बालिका बलात्कारको आरोपमा एक शिक्षक पक्राउ

लेखाजोखा न्यूज

३ माघ २०७८, सोमबार १२:३०

काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खोटाङका शिक्षक पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा रावाबेसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनी भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत रहेको थिए प्रहरीका अनुसार पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।

स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको छ । प्रहरीका अनुसार शिक्षक पोखरेलले भदौ ९ गते यता पटक–पटक बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend