काठमाडौं । कञ्चनपुरमा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै गएको छ ।
कञ्चनपुर क्षेत्र नम्बर २ मा आयोजित एक कार्यक्रममा मात्रै सयौं जनाले कांग्रेस पार्टी रोजेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदको प्रमुख आथित्यतामा आयोजना गरिएको कार्यक्रममा मात्रै सयौं जनाले कांग्रेस प्रवेश गरेका हुन् ।


पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै नेता साउदले कांग्रेसप्रति धेरै अपेक्षा भएकाले ती पूरा गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।
उनले भने, कांग्रेसमा उहाँहरुले धेरै अपेक्षा गर्नुभएको छ । जिल्लाबासीको हरेक समस्यामा साझेदार बन्न कांग्रेस तयार छ । जिम्मेवारी र कर्तब्य पूरा गराउन म प्रतिवद्ध छु ।’


साथै, नेता साउदले मछली नदीले कटान गरेको क्षेत्रको पनि अनुगमन गरेका छन् । अनुगमनपश्चात उनले तटबन्ध निर्माण गर्न पहल गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।
