६ जेष्ठ २०७९, शुक्रबार

पर्यटनमन्त्री आलेलाई पनि कोरोना संक्रमण

लेखाजोखा न्यूज

३ माघ २०७८, सोमबार ११:३२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो ।

यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ ।

मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend