कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु, मृतकको संख्या ७६५ पुग्यो

लेखाजोखा न्युज
४ कार्तिक २०७७, मंगलवार १६:४५

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय ६५ पुगेको छ । यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो ।