काठमाडौंमा उपत्यकामा १७०२ कोरोना संक्रमित थपिए

लेखाजोखा न्युज
४ कार्तिक २०७७, मंगलवार १६:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार सात सय दुई कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार सात सय दुई कोरोना संक्रमित थपिएका पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार चार सय ३१, भक्तपुरमा एक सय ४८ र ललितपुरमा एक सय २३ कोरोना संक्रमित थपिएका हुन् ।