६ जेष्ठ २०७९, शुक्रबार

यि १३ पेशामा हुनेले बुस्टर डोज लगाउन पाउने

लेखाजोखा न्यूज

३ माघ २०७८, सोमबार ७:०४

काठमाडौं । कोभिड महामारी फैलिरहेको बेला सरकारले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन शुरु गर्ने भएको छ । सरकारले अग्रपंक्तिमा खटिनेहरुलाई आजबाट बुस्टर डोज खोप उपलब्ध गराउने भएको हो ।

आजबाट शुरु हुने बुस्टर डोज लगाउन पाउनेहरुमा अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु रहेका छन् ।

यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुस्टर डोज पाउन पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ ।

बुस्टर डोज लगाउन यसअघि दुई पटक लगाएको खोप कार्ड अनिवार्य हुने मन्त्रालयले जनाएको छ ।

यसपछि दोस्रो चरणमा आउँदो १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।

क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरुलाई दोस्रो चरणमा बुस्टर डोज दिने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend