६ जेष्ठ २०७९, शुक्रबार

सर्वोच्चका न्यायाधीश र कर्मचारी गरि २४ जनालाई कोरोना

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार ८:५७

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । न्यायाधीश मीरा खड्का कोरोना संक्रमित भएकी छन् । भने अर्की न्यायाधीश सपना प्रधान मल्लको निजी सवारी चालकमा पनि कोरोना देखिएपछि होम आइसोलेशनमा छिन् ।

सर्वोच्च प्रशासनका अनुसार मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई पनि कोरोना देखिएको छ । उनी अहिले सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचाररत छन् । सर्वोच्चमा अहिले २४ जनालाई कोरोना देखिएको छ । यस्तै आइतबार मात्रै ३० जना भन्दा बढीको स्वाव परिक्षण गरिएको छ ।

देशभरका अन्य अदालतहरुमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै, सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन भइरहेको छ ।

भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे भन्दै कानुन व्यवसायीले ७८ दिनदेखि आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीश जबरा पनि कोरोना संक्रमित भइ बलम्बु अस्पतालबाट डिस्चार्ज भइसकेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend