१६ जेष्ठ २०८०, मंगलबार

माओवादी अध्यक्ष ‘प्रचण्ड’ कोरोना मुक्त

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार ८:२८

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

आज गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।

गएको पुष २३ गतेको परीक्षणमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पछि प्रचण्ड आइसोलेशनमा थिए ।

कोरोना पोजेटिभपछि प्रचण्डले सबै भेटघाटका कार्यक्रम स्थगित गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend