६ जेष्ठ २०७९, शुक्रबार

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भू-भाग : नेपाल सरकार

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार ५:१२

काठमाडौं । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताएका छन् ।

उनले भने,“नेपाल सरकारले भारत सरकारलाई नेपाली भू-भाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण-विस्तार रोक्न आग्रह गर्दै आएको छ ।”

नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend