६ जेष्ठ २०७९, शुक्रबार

१९ खेलाडीलाई कोरोना भएपछि पुलिस र च्यासलबीचको खेल स्थगित

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार २:२४

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ ।

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

च्यासलले १९ खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पुलिस विरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकलक कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो ।

अब उक्त खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ ।

 


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend