६ जेष्ठ २०७९, शुक्रबार

ओमिक्रोनले लियो दुई डोज खोप लगाएकी महिलाको ज्यान

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार १२:०८

एजेन्सी । जापानमा ओमिक्रोनबाट संक्रमित एक महिलाको मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि जनवरीको सुरुदेखि उनको चीबा प्रिफेक्चरको एक अस्पतालमा उपचार भइरहेको थियो।

शनिबार त्यहाँको स्वास्थ्य विभागले ओमिक्रोन संक्रमणबाट एक वृद्धाको मृत्यु भएको पुष्टी गरेको छ। जापानमा ओमिक्रोन संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो। कोरोना विरुद्धको दुबै डोज लगाएकी ती बृद्धा रक्तसंचार सम्बन्धीकी पुरानो विरामी थिइन्।

जनवरीको सुरुमा ती महिला कोरोना भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा गएकी थिइन्। त्यसपछि उनलाई ज्वरोसहित कोरोनाको लक्षण देखिएका थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend