६ जेष्ठ २०७९, शुक्रबार

द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीलाई

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार ८:३२

काठमाडौं । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिश उप्रेतीले जितेका छन् । शनिबार भएको ग्रान्ड फिनालीमा आठजना प्रतिस्पर्धीलाई उछिन्दै झापाका जेनिश पहिलो भएक हुन् ।

जेनिश पहिलो सिजनको द भ्वाइस किड्सका बिजेता बनेसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend