६ जेष्ठ २०७९, शुक्रबार

खराब फर्मबाट गुज्रिएका विराट कोहलीले दिए टेस्ट म्याचकाे कप्तानबाट राजिनामा

लेखाजोखा न्यूज

२ माघ २०७८, आइतबार ७:५३

काठमाडाैं : दक्षिण अफ्रिाकाविरुद्धको टेस्ट सिरिज गुमाएको २४ घण्टा नबित्दै विराट कोहलीले कप्तानीबाट राजिनामा दिएका छन्। पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका कोहलीले शनिबार कप्तानी छाड्ने घोषणा गरेका हुन्।

कोहलीले शनिबार ट्विटरमार्फत टेस्ट टिमको कप्तानबाट राजिनामा दिने घोषण गरेका हुन् । योसँगै कोहली तीनै फर्म्याटको क्रिकेटको कप्तानीबाट अलग भएका छन् । उनले गत वर्षभएको टि–२० वर्षलगत्तै ब्याटिङमा फोकस गर्ने भन्दै सीमित ओभरको क्रिकेटको कप्तानी छाडेका थिए।

‘यो सात वर्षबीचमा मैले महेनत र संघर्ष गर्दै टिमलाई सही दिशामा लैजाने कोसिस गरेँ । मेरो काम पुरा इमान्दारी पूर्वक गरेँ । आफ्ना तर्फबाट मैले कुनै कसर बाँकी राखिन्,’ कोहलीले ट्विटरमा लेखेका छन्, ‘हरेक चिज कहीँ न कहीँ गएर रोकिनु पर्छ । र, मेरो लागि भारतीय टेस्ट टिमको कप्तानी छाड्ने समय यही हो।’

कप्तानीको यो यात्रामा कयौं उतारचढाव आएको उल्लेख गर्दै कोहलीले आफ्नो कोसिस र भरोसामा कहिल्यै कमी नआएको बताएका छन्। उनले लेखेका छन्, ‘हमेशा म हरेक चिजमा आफ्नो १२० प्रतिशत दिनुपर्नेमा विश्वास गर्छु । यदि यसो गर्न सकिनँ भने त्यो सही काम गर्न नहोइन । म आफ्नो मुटुमा पूर्ण स्टपष्टता चाहन्छु । त्यसैले म टिमसँग बेइमानी गर्न चाहन्नँ।’

यसैबीच बिसिसिआईले भारतीय क्रिकेट टिमका लागि कोहलीको यागदानका लागि धन्यदाव दिएको छ। कोलहीको ट्विटलाई रिट्विट गर्दै बिसिसिआईले उनको प्रेरणादायी नेतृत्व क्षमताका लागि दिएको छ । यस्तै, उसले कोहलीले भारतीय टिमलाई एक उचाइसम्म पु¥याएको पनि उल्लेख गरेको छ।

३३ वर्षीय कोहली भारतीय टेस्ट क्रिकेटका सर्वाधिक सफल कप्तान हुन्। कोहलीको ६८ खेलमा ४० खेल जितेको छ। कोहलीले सन् २०१४मा अस्ट्रेलियाविरुद्धको खेलसँगै कप्तानीको सुरुआत गरेका थिए ।


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend