१६ जेष्ठ २०८०, मंगलबार

यी हुन् कोरोना भाइरसको ‘रेड जोन’ मा परेका ८ जिल्ला

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ८:३०

काठमाडाैं । नेपालमा आठ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा रहेकका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सयभन्दा बढी कोरोना संक्रमित उपचारार्थ रहेका आठ जिल्ला ‘रेड जोन’मा परेका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ र सुनसरी, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर र चितवन छन् ।

यस्तै गण्डकी प्रदेशको कास्की र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला ‘रेड जोन’मा परेका छन् । अन्य प्रदेशका कुनै पनि जिल्ला कोरोनाको ‘रेड जोन’मा परेका परेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend