३ माघ २०७८, सोमबार

रुबीभ्याली पहिरो अपडेट : डोजरका सहचालकको शव भेटियो, दुईजना अझै बेपत्ता

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ६:०६

काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–१ तिप्लिङमा सडक खन्ने क्रममा पहिरोले पुुरिएका तीन मध्य एकजनाको शव भेटिएको छ।

पहिरोमा पुरिएको तीन दिनपछि एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन्।

डिएसपी भण्डारीका अनुसार डोजरका सहचालक २३ वर्षीय राजु तामाङको शव भेटिएको हो। राजु काभ्रेका हुन्। बाँकी दुई जनाको भने अवस्था अझै अज्ञात रहेको छ।

बिहीबार साढे ८ बजे सडकमाथिबाट खसेको पहिरोमा डोजरसहित तीन जना पुरिएका थिए। खोजी गर्नका लागि संयुक्त सुरक्षाकर्मीको ३८ जनाको समूह घटनास्थलमा खटिएको भएपनि डोजरका चालक आकाश तामाङ र स्थानीय युवक अनिश तामाङ भने भेटिएका छैनन्।

आइतबार साँझसम्म खोजी कार्य हुँदा नभेटिएपछि आजको खोजीकार्य स्थगित गरिएको डिएसपी भण्डारीले जानकारी दिएका छन् । भोलि बिहान पुनः खोजीकार्यमा जुट्ने उनले बताएका छन्। पहिरोमा बिहीबार बिहान ८ बजे बा२क ४८२१ नम्बरको एक्स्काभेटर पनि पुरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend