१८ जेष्ठ २०८०, बिहिबार

सहयोग सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तान जाँदै

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ४:३५

काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ ।

आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् । यस विषयमा विस्तृतमा जानकारी भने परराष्ट्र मन्त्री डा.नारायण खड्काले आइतबार विहान आयोजित पत्रकार सम्मेलनमा दिने उनले बताइन् ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संगठन देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend