३१ साउन २०७९, मंगलबार

खेलाडीमा कोरोनाको आशंकापछि प्रदेश १ र पुलिसबीचको खेल स्थगित

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ३:१५

काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश १ बीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ ।

प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि त्रिवि क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको नेपाल क्रिकेट संघले जनाएको छ । कोरोना परिक्षणपछि मात्र उक्त खेलबारे निर्णय गरिने छ ।

समूह ‘ए’ मा रहेको पुलिस तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend