८ असोज २०८०, सोमबार

काभ्रेको त्रिवेणीघाटमा स्नान गर्नेको भीड

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार १:०६

काठमाडौं । काभ्रेको पनौती नगरपालिका-७ स्थित त्रिवेणीघाटमा स्नान गर्नेको भीड लागेको छ । १२ वर्षमा लाग्ने बृहत मकर मेला स्थगित भए पनि बिहानैदेखि स्नान गर्नेको भीड लागेको हो ।

त्रिवेणीघाटमा हरेक १२ वर्षमा मकर सङ्क्रान्तिको दिन मेला लाग्छ । त्रिवेणीघाटमा पुण्यमाता, रोशी खोला र पद्मावती तीन नदी छन् । त्रिवेणीघाटमा स्नान गर्दा पुण्य हुने विश्वासका साथ भक्तजनले माघ १ गते बिहानै घाटमा पुगेर नुहाउने गर्छन् ।

त्रिवेणीघाटमा यस वर्ष मेला लाग्ने भएकोले भौतिक संरचनासमेत निर्माण गरिएको थियो । मकर सङ्क्रान्तिको दिन सुरु हुने यो मेला माघ महिनासम्म लाग्ने गर्छ ।

तर, मेला लाग्ने समयमा कोरोना भाइरसको तेस्रो लहर तीव्ररुपमा बढेपछि जिल्ला कोभिड व्यवस्थापन समिति९डीसीएमसी० काभ्रेको बैठकले मेला स्थगित गर्न आयोजकलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend