११ असोज २०८०, बिहिबार

कोरोना रोकथाममा तेरो पार्टी मेरो पार्टी नभनेर जुट्नुपर्छ : प्रधानमन्त्री

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ११:४१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

एमालेका नेताहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताएका हुन् ।

उनले महामारी नियन्त्रणका लागि कसैले पनि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रमक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताएका छन्।

आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै उहाँले सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताएका हुन् ।

शनिबार नेकपा एमालेका नेता सुवास नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा सरकारले चाल्नुपर्ने कदम र सुझावसहितज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend