११ असोज २०८०, बिहिबार

कोरोना रोकथाममा सरकार गम्भीर नभएको एमालेको आरोप, प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

लेखाजोखा न्यूज

१ माघ २०७८, शनिबार ११:३१

काठमाडौं । कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

शनिवार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमै पुगेर ध्यानाकर्षण गराएका हुन्। कोरोनाको भाइरस फैलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि सरकारले कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप छ ।

ध्यानाकर्षण पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबाट अहिलेको सरकारले सिक्नुपर्ने उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend