८ असोज २०८०, सोमबार

चीनमा फेरि बढ्न थाल्याे काेराेना

लेखाजोखा न्यूज

३० पौस २०७८, शुक्रबार ३:४२

काठमाडाैं । चीनमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ ।

सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक रुपमा बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्। हिजो हेनान र तियाजिन प्रान्तमा गरी एक सय ४३ जना सङ्क्रमित भेटिएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सङ्क्रमण बढेपछि चीनको उत्तरी सहर सियानमा अघिल्लो महिनादेखि नै लकडाउन गरिएको थियो। डिसेम्बर मध्यतिर दैनिक एक सय ५० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोरोना नियन्त्रण गर्न कडा रणनीति अपनाउँदै आएको छ।

सामूहिक परीक्षण तथा लकडाउनजस्ता उपायहरु अवलम्बन गरिएको छ । चीनमा फेब्रुअरी ४ देखि २० सम्म हिउँदे ओलम्पिक हुँदैछ । हिउँदे ओलम्पिक नजिकिएकाले चीनले उच्च सतर्कता अपनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend