३ माघ २०७८, सोमबार

माघ २ गते सार्वजनिक विदा

लेखाजोखा न्यूज

३० पौस २०७८, शुक्रबार १:५८

धनगढी । माघी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिइएको छ।

सङ्घीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते माघीको अवसरमा विदा दिएको हो। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ २ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णय सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ। माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर सङ्क्रान्ति पर्व मनाइन्छ भने थारु समुदायले माघी पर्व मनाउने गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend