सुनको मूल्यमा सामान्य वृद्धि

लेखाजोखा न्युज
२ कार्तिक २०७७, आईतवार ११:३६

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शु्क्रबार तोलामा १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो।