११ असोज २०८०, बिहिबार

भारतमा थपिए २ लाखभन्दा बढी कोरोना संक्रमित

लेखाजोखा न्यूज

२९ पौस २०७८, बिहिबार ११:०८

काठमाडौं । भारतमा एकै दिन २ लाख ४१ हजार ९७६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ९ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाले ज्यान गुमाएका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ३२ हजार १०१ पुगेको छ ।

भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुग्ने क्रममा रहेको छ । त्यहाँ अहिले दैनिक लाखौँ कोरोना संक्रमित देखिएका हुन् ।

यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend