३१ साउन २०७९, मंगलबार

आफ्नै वडा नजिताउने मान्छे नेता बन्न सक्दैन : सहमहामन्त्री राठौर

लेखाजोखा न्यूज

२८ पौस २०७८, बुधबार ६:१९

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले अधिवेशनका क्रममा बनेको ग्रुपिजमलाई अन्त्य गर्दै एक ढिक्का भएर गाउँगाउँमा संगठन बनाउनतर्फ लाग्न आह्वान गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले आज नेपालगञ्जमा १४औं महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री र केन्द्रिय सदस्य तथा राष्ट्रियसभाका उम्मेदवारलाई स्वागत, सम्मान तथा बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले अधिवेशनका क्रममा पार्टीभित्र गरिएका प्रतिष्पर्धालाई सामान्यरुपमा लिँदै चुनाव केन्द्रित गतिविधिमा लाग्न आह्वान गरे ।

उनले आफ्नै वडा नजिताउने मान्छे नेता बन्न नसक्ने भन्दै आ-आफ्नो वडामा कांग्रेसलाई जिताउनतर्फ लाग्न आग्रह गरे । राठौरले आफूले टिकट पाए ठीक अर्काले पाए बेठीक भन्ने मानसिकता त्यागेर कांग्रेस बनाउने अभियानमा जुट्न आह्वान गरे । उनले आफू वडा वडामा पुगेर कांग्रेस बनाउने अभियामा सरिक हुन तत्पर रहेको बताउँदै भने-“म जिल्ला, क्षेत्र मात्र होइन, गाउँ गाउँमा पुगेर तपाईंहरुसंगै हिंड्न तयार छु, मलाई बोलाउनुस्, म आउन तयार छु ।”

कार्यक्रममा सहमहामन्त्री राठौर, केन्द्रिय सदस्यद्वय जावेदा खातुन जागा र राष्ट्रियसभाका उम्मेदवार कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मालाई सम्मान गरिएको थियो । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश क्षेत्र २ (क) का सभापति ज्ञानेन्द्रकुमार चौधरीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रिय सदस्यद्वय बाल्मिकी र खातुन, पार्टी उपसभापति सुनिल नरसिंह राणा, पूर्व पार्टी सभापति तथा राष्ट्रियसभाका उम्मेदवार युवराज शर्मा, पूर्व पार्टी सभापति गजेन्द्र हमाल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, ३ का सभापति नक्की खाँ, संविधानसभा सदस्य बादशाह कुुर्मी र आशा विक, नेताहरु निरन्जनसिंह सिजापति, राजकुमार बर्मा, नारायणप्रसाद गौडेल र नगर सभापति प्रशान्त विष्टले मन्तब्य व्यक्त गरेको क्षेत्रीय सचिव सुनिलसिंह हमालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend