सहमती कार्यान्वयनबारे भारत र श्रीलंकाबीच छलफल

लेखाजोखा न्युज
२ कार्तिक २०७७, आईतवार ०५:३२

नयाँ दिल्ली । भारत र श्रीलंकाबीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलंकाका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलंकाका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका सहमती कार्यान्वयनका बारेमा कुराकानी गरेका हुन् ।

उनीहरुका बीचमा विषेश गरेर गत महिना दुई देशका प्रधानमन्त्रीबीचमा भएको भर्चुअल बैठकमा भएको सहमतीका विषयमा छलफल भएको थियो ।“श्रीलङ्का लागि भारतीय उच्च आयुक्तले श्रीलङ्काका विदेश मन्त्रीलाई शनिबार भेटेका छन् । उनीहरु बीचको छलफल उपलब्धीमुलक भएको छ,” भारतीय उच्च आयुक्तको आधिकारीक ट्वीटर हेन्डलमा शनिबार लेखिएको छ ।

भारतीय उच्च आयुक्तले यसअघि गत बिहीबार श्रीलंकाका उर्जा मन्त्री उदय गम्मान्पीलासँग उर्जा सुरक्षा प्रबर्द्धन बारेमा छलफल गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षका बीचमा गत महिना भर्चुअल शिखर बैठक भएको थियो । बैठकमा एक अर्काका बीचमा सहयोग आदान प्रदान, सहकार्य र आपसी सम्वन्ध सुधार लगायतका विषयमा सहमती भएको थियो ।