१६ जेष्ठ २०८०, मंगलबार

दुई महिनाभित्र युरोपको आधा जनसंख्यालाई कोभिड हुने डब्लूएचओको चेतावनी

लेखाजोखा न्यूज

२८ पौस २०७८, बुधबार १२:५९

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साता (दुई महिना)भित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा.हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् ।

भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend