ट्रम्पले भने – निर्वाचन हारे मैले अमेरिका छाड्न सक्छु

लेखाजोखा न्युज
१ कार्तिक २०७७, शनिबार १७:०४

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचनको लागि मैदानमा छन् ।

नोभेम्बर ३ मा रिपब्लिकन पार्टीका ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनसँग राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आगामी महिना निर्वाचन हुन लागेका बेला दुबै नेता चुनावी प्रचारप्रचार अभियानमा व्यस्त छन ।

चुनावी अभियानकै क्रममा ट्रम्पले म्याकोन, जोर्जियामा आफूले चुनाव हारे अमेरिका नै छाड्नसक्ने बताएका छन् ।

उनले यसअघि पनि निर्वाचिनमा पराजित भए सजिलै पद नछाड्ने बताएका थिए ।