७ दिनमा काठमाडौं उपत्यकामा १३ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

लेखाजोखा न्युज
१ कार्तिक २०७७, शनिबार १६:४३

काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गए पनि संघीय राजधानी काठमाडौं भने कोरोना हटस्पट बनेको छ । दैनिक देशभर देखिएका कोरोना संक्रमितको ५० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा देखिन थालेका छन् ।

पछिल्लो सात दिनमा पनि देशभर २३ हजारभन्दा बढी संक्रमित थपिँदा काठमाडौं उपत्यकामा १३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । गत आइतबारदेखि शनिबारसम्म काठमाडौं उपत्यकामा १३ हजार ३१४ कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा पनि सबैभन्दा बढी संक्रमित काठमाडौंमा रहेका छन् । पछिल्लो सात दिनमा काठमाडौंमा मा१ १० हजार ६९६ कोरोना संक्रति थपिएका छन् ।

साताको कोरोना ग्राफ :

शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी एक हजार ७४६ कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी दुई हजार ४०२ कोरोना संक्रमित थपिएका थिए ।

बिहीबार काठमाडौंमा एक हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी एक हजार ९३५ कोरोना संक्रमित थपिएका थिए ।

बुधबार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ गरी एक हजार ४०३ कोरोना संक्रमित थपिएका थिए ।

मंगलबार काठमाडौंमा १७४६, ललितपुरमा १६७ र भक्तपुरमा २१६ गरी दुई हजार १२९ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ गरी दुई हजार २८३ कोरोना संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० गरी एक हजार ४१६ कोरोना संक्रमित थपिएका थिए ।