कोरोनाबाट ७ दिनमा ११३ जनाको मृत्यु, २३ हजारभन्दा बढी संक्रमित थपिए

लेखाजोखा न्युज
१ कार्तिक २०७७, शनिबार १६:४०

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको छ भने मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ ।

पछिल्लो सात दिनमा देशभ २३ हजार ६५० कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी आइतबारदेखि शनिबारसम्म १५ हजार ८०० जना डिस्चार्ज भएका छन् ।

यसैगरी यही सात दिनको अवधिमा ११३ जनाको मृत्यु भएको छ । पछिल्लो समय डिस्चार्ज हुनेहरुको संख्या घट्दै जानु र संक्रमितको संख्या बढ्दै जानु जोखिमपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साताको कोरोना ग्राफ

आइतबार देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५५२ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर चार हजार ४७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ४७३ जना डिस्चार्ज भएका थिए । सोमबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको थयो ।

मंगलबार देशभर तीन हजार ५५६ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५०३ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर १८ जनाको मृत्यु भएको थियो ।

बुधबार देशभर दुई हजार ६६८ कोरोना संक्रमित थपिएका थिए भने १२ जनाको मृत्यु भएको थियो । बुधबार दुई हजार १७४ जना देशभरका विभिन्‍न अस्पतालहरुबाट डिस्चार्ज भएका थिए ।

बिहीबर देशभर तीन हजार ७४९ कोरोना संक्रमित थपिँदा तीन हजार ५६४ जना डिस्चार्ज भएका छन् । बिहीबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

शुक्रबार देशभर चार हजार ३९२ कोरोना संक्रमित थपिएका थिए भने तीन हजार ५२२ जना डिस्चार्ज भएका छन् । शुक्रबार कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

शनिबार देशभर तीन हजार १६७ कोरोना संक्रमित थपिएका छन् भने एक हजार ८०० जना डिस्चार्ज भएका छन् । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।