काठमाडौंमा १४५१ सहित उपत्यकामा १७४६ कोरोना संक्रमित थपिए

लेखाजोखा न्युज
१ कार्तिक २०७७, शनिबार १६:२७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७४६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ कोरोना संक्रमित थपिएका हुन् ।

शुक्रबार काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी दुई हजार ४०२ कोरोना संक्रमित थपिएका थिए ।