कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

लेखाजोखा न्युज
१ कार्तिक २०७७, शनिबार १६:२५

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।

शुक्रबार देशभर कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।