२३ असार २०७९, बिहिबार

कर्णाली प्रदेश सरकारद्वारा सुनमाया सम्मानित

लेखाजोखा न्यूज

२७ पौस २०७८, मंगलबार १२:२८

सुर्खेत । कर्णाली प्रदेश सरकारले थाइल्यान्डमा भएको अल्ट्रा ट्रेल रेसकी विजेता सुनमाया बुढालाई सम्मान गरेको छ।

कर्णाली सरकार र प्रदेश खेलकुद परिषद्ले सोमबार उनलाई सम्मान गरेको हो। महिलातर्फ पहिलो स्थान हात पारेकी सुनमायाले समग्रमा भने तेस्रो स्थान हात पारेकी थिइन्। एक सय १० किलोमिटर अल्ट्रा ट्रेल रेसमा सुनमायाले दुई हजार प्रतियोगीलाई पछि पारेकी थिइन्।

जुम्लाको पातारासी गाउँपालिकाकी बुढालाई प्रदेश खेलकुद परिषद्का पदाधिकारीले सुर्खेत विमानस्थलमा भब्य स्वागत गरेका थिए। त्यसपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नै कार्यालयमा प्रदेश सरकारका तर्फबाट सम्मान गरेका थिए। प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।

सुनमायाको सफलताले नेपाल र खासगरी कर्णालीको प्रतिष्ठा बढाएको मुख्यमन्त्री शाहीले बताए। उनले खेलाडीलाई प्रोत्साहन गर्ने र आवश्यक खेल पूर्वाधारमा लगानी गर्नेसमेत प्रतिवद्धता जनाए। मुख्यमन्त्री शाहीले गौरवको आयोजनाका रुपमा प्रदेश रंगशाला निर्माण थालिएको बताए। नेपालमै पहिलो पटक कर्णालीमा भलिबल कभर्डहल निर्माण पनि सुरु भएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

हालै बंगलादेशको ढाकामा भएको सेन्ट्रल जोन सिनियर महिला भलिबलमा पनि उत्कृष्ट प्रदर्शन गरेकी जाजरकोटकी कामना विष्टलाई पनि प्रदेश सरकारले ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend