बाबुराम ‘गैरजिम्मेवार’, आरोप निराधार : प्रधानमन्त्री

लेखाजोखा न्युज
३० आश्विन २०७७, शुक्रबार १२:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकीका बारेमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । उनले भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार र निराधार भएको आरोप लगाएका छन् ।

शुक्रबार नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरुले त्यस्तो अनैतिक हर्कत नगर्ने बताएका हुन् ।

“केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु,” प्रधानमन्त्री ओलीले भने, “निर्णय नभएको, कार्यारम्भ नभएको र हुन्छ–हुँदैन भन्ने निश्चितसमेत नभएको परियोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले अरब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको छु ।”

यसअघि डा. भट्टराईले नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले बूढीगण्डकी परियोजनामा करोडौं खाएको आरोप लगाएका थिए ।