११ असोज २०८०, बिहिबार

अछाममा एमाले कार्यकर्ताबिच कुटाकुट, जिल्ला इन्चार्ज घाईते

लेखाजोखा न्यूज

२६ पौस २०७८, सोमबार ७:१४

अछाम । नेतृत्व चयनमा रहेको एमाले अछाममा एउटा गुटमा हानाहान भएको छ । अध्यक्ष पदका प्रत्यासी रहेका चन्द्र बोहरा निकट युवाहरू बिच कुटाकुट भएको छ ।

नेतृत्वका बिषयमा भएको बिवादका क्रममा कुटाकुट हुदा युवा संघ अछामका जिल्ला इन्चार्ज कपिल भण्डारी सामान्य घाईते भएका छन् ।

मङ्गलसेन स्थित होटल दरवारमा आईतवार अवेर साँझ बिवाद हुदा स्थानीय कम्मान बोगटीले फलामको रड प्रहार गरेपछि युवा संघ अछामका इन्चार्ज कपिल भण्डारीको टाउकोमा चोट लागेको एमाले श्रोतले जानकारी दिएको छ । यस बिषयमा ईन्चार्ज भण्डारले सामान्य बिवाद भएको बताएका छन । उनले भने ‘सामान्य बिवाद हो । मिडियामा ल्यायो भने झन राम्रो हुदैन । म ठिक छु’।
श्रोतका अनुसार झगडाको मिलापत्र चलिरहेको छ । घटना सङ्ग सम्बन्धित एक भिडियो सार्वजनिक भएको छ ।भिडियोमा कुटाकुटका बिषयमा कुराकानी भएको छ । भिडियोमा केही युवाहरु अस्पतालमा ओहोर दोहोर गरिरहेका छन ।

फलामको रड प्रहार गर्ने कम्मान बोगटी अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी निकट मानिन्छन् ।
बोगटी र भण्डारी दुवै जना एमाले अछामको अध्यक्षका प्रत्यासी चन्द्र बोहरा पक्षधर हुन ।
यस बिषयमा प्रहरीलाई भने जानकारी नभएको मङ्गलसेन प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक अशोक खड्काको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend