६ जेष्ठ २०७९, शुक्रबार

महाधिवेशनको तुषलाई बिर्सेर आउँदो चुनावमा केन्द्रीत हौं : सभापति सिंह

लेखाजोखा न्यूज

२५ पौस २०७८, आइतबार २:०८

डोटी । नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहले तीनै तहको निर्वाचन नजिकै आइसकेकाले कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।

प्रदेश सभा क्षेत्र (ख) निवर्तमान कार्यसमितिको बिदाइ तथा नयाँ कार्यसमितिको स्वागत कार्यक्रममा बोल्दै सभापति सिंहले अब नेता कार्यकर्ता सबैले महाधिवेशनको तुषलाई बिर्सेर नजिकिँदै गरेको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताएका हुन् ।

कम्युनिष्टहरुले मुलु्कको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरा दुई तिहाइ मत पाएर पनि सरकार सञ्चालन गर्न असफल भएपछि सिद्ध भैसकेकाले अब देशको नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने उनले बताए। देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन कांग्रेसको नेतृत्व जरुरी रहेको सभापति सिंहको भनाइ छ ।

कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य प्रेमा श्रेष्ठले अब देश संचालन गर्न कांग्रेसको विकल्प नभएको बताइन् ।

कार्यक्रममा कांग्रेस डोटी क्षेत्र (ख) का क्षेत्रीय सभापति भैरब साउदको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेता- कार्यकर्ताको बाक्लो उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend