२३ असार २०७९, बिहिबार

पोखरामामा हुने क्लब च्याम्पियनसिप महिला–पुरुष भलिबल प्रतियोगिताकाे तयारी पूरा

लेखाजोखा न्यूज

२५ पौस २०७८, आइतबार ७:३३

काठमाण्डाै । पोखरामामा हुने दोस्रो संस्करणको ‘क्लब च्याम्पियनसिप महिला–पुरुष भलिबल प्रतियोगिता’को तयारी पूरा भएको छ ।

प्रतियोगिता भोलिदेखि माघ १ गतेसम्म पोखरा रङ्गशालाको भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसहित न्यु डायमन्ड एकेडेमी र आयोजक पोखराको टोली सहभागी हुँदैछन् ।

त्यस्तै पुरुषतर्फ विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबसहित टिपटप हेल्पलाइन स्पोर्टस क्लब र गण्डकी प्रदेशको टोली सहभागिता हुनेछ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा भोलि पुरुषतर्फ गण्डकी प्रदेश र एपीएफ क्लब खेल्नेछन् ।

प्रतियोगिताको महिला तथा पुरुष विजेताले ट्रफिसहित तीन–तीन लाख, उपविजेताले एक लाख ५० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend