झण्डै माननीय !

उमेश प्रसाद गौतम ‘विभूति’
२८ आश्विन २०७७, बुधबार १२:५८

इतिहासमा यस्ता पात्रहरु भए जसलाई न्याय परिषद्‌मा अनुरोध गरेर लगियो र तिनले केही राम्रा थिती बसाउन गरिएका प्रयासहरु सार्थक नभएपछि कार्यकाल बाँकि छँदै पदमा रहन उचित नठानी निस्किए । जसलाई न्याय क्षेत्रले अझै बिर्सेको छैन । कोही पुरै समय पदमा रही कार्य गर्दा खासै विवादको घेरामा परेनन्, ति पनि अनुरोध नै गरिएर लगिएका वरिष्ठ वकिल थिए । जसलाई वकिल जगतले नराम्रो मूल्याकंन गरेको थाहा छैन । अनि केहि यस्ता न्याय परिषदका माननीय सदस्यहरु निक्लिए, जो अनैतिक बदनाम कुपात्रको रुपमा चर्चाको चुलिमा पुगेर हराए ।

जो दलिय भागबण्डामा नेताको फेरि समाएर पदासिन भएका थिए । यिमध्ये कुनै समयका खेलकुद परिषद्‌का जागिरे वकालतमा खासै पकड नजमाएका एकले व्यक्तिगत महत्वाकाँक्षा एवं स्वार्थको खातिर अलि लामै समय माननीयमा अडेर सम्मानीयसम्म बन्‍ने तानाबाना बुन्‍ने कुमतिमा लाग्दा ति असमयमै हराभरा उज्यालोबाट गहिरो अन्धकारको भाषमा जाक्किन पुगेका थिए । देखिएको यो कुकर्मबाट पाठ सिक्नु त कहाँ हो कहाँ झन् यस्तै प्रकारको कालो कर्ममा लाग्दा खाइपाइ आएको आसनी पनि खोसिएर अर्का क्रान्तिकारिको बर्को ओढेको नेपाल बारको पूर्ब उपाधक्ष ‘यता न उती बाख्राको पुच्छर’ भएर साढेले लखेटेको ‘पाँडो’ सरी सातो गै रन्थनिएर झण्डै झण्डै ‘अल्जाइमर’को अचेत अवस्थामा पुगेको सुनिन्छ । वकालतमै त्यति पाको नभइसकेको र उनीभन्दा कयौं गुणा योग्य वर्गीय सिनियर वकिल हुँदाहुँदै त्यस्तालाई पन्छाएर भएको यिनको नियुक्ति फगत नेताको सनक र आर्थिक प्रलोभनको खातिर नै थियो भन्ने कुरा नबुझिएको चाहीँ थिएन ।

कुकुरको पुच्छरमा लोहोरो झुण्ड्याइ दिएजस्तै क्षमताले नधान्‍ने पदवी निजलाई दिलाइएपछि तथ्यगत आकंलनमा निपुण पदभन्दा पद्धतिमा केन्द्रिकृत तत् राजनीतिक लाइनका केही निस्वार्थी गुणीहरुले नियुक्ति सिफारिस गर्ने नेतालाई, निजलाई सो पद ‘बोकाको मुखमा कुभिण्डो’ सरह हुन्छ, न निल्न सक्छ न त ओकल्न नै भन्ने कुराको सचेतना नगराएका भने होइनन् । उसबेला उठेको यो कुरा सत्यमा परिणत भएकोमा बुझक्कीहरुलाई कुनै आश्चर्य नलागे पनि सहि-सल्लाह दिनेको कुरा ग्रहण नगर्ने त्यस्ता नेताकोस्तर सोचे भन्दा नि तल्लो रहेछ भन्ने कुराले चाहीँ धेरैलाइ उद्धेलित तुल्याइ त्यस्तालाई नेता मानेकोमा पछुतो मान्‍नेबाहेक अरु केही गर्न सक्ने अवस्थामा छैनन् ।

यस्ताको नेतृत्वलाई मानेर देश चलाउन जिम्मा दिएर ठूलो भुल भएको महसुस गर्नेको संख्या त्यही भएर दिन प्रतिदिन बढदो छ । किन देश नीति, पद्धति र नियमभन्दा आदेश, आज्ञा र ओठे भुलभुलैयाको अराजक भाषमा जाकिँदै छ भन्ने कुरा बुझ्‍न अब कठिन छैन ।

वरिष्ठमा नउक्लिकनै माननीय बनाइएका निजले लामै अवधी पद खाएर पचाउलान भन्‍ने सुरमा गलत बाटो पक्रिनुको साटो वकालतमा आफूलाई तिखारेको भए आफ्नो भौगोलिक क्षेत्रमा एक छत्र राज गर्न सक्ने र तत्पश्तात यस्ता कयौं मौका प्राप्त हुनसक्ने तत् कुरालाइ तिनले मौकामा बुझ्‍न नसक्दाको परिणाम हो यो भन्‍न हिचकिचाउन नपर्ला । बुद्धि सुइँकेर आज ति जसरी ‘टेक्ने ठाम न समाउने हांगा’ भइ सडकछाप काम न काजको गुन्द्रुके भुसतिघ्रेमा परिणत हुने अवस्थामा पुग्दै छन् । त्यसै गरी तिनलाई काखी च्यापेर माननीय बनाउने पनि महिला काण्डमा परी पाएको सिरको सम्माननीयको ताज खोसिएर हलि जीवनमा फर्कनु पर्ने अवस्थामा पुगेका छन् ।

इतिहासको भाग बनेको यो संयोगको तमासे बन्नु पर्दा वकालतमा जिन्दगी बिताउनेलाई निको लाग्ने त कुरै भएन तर यहि बेला नेपाल बारको कोटाबाट न्याय परिषदमा लाने सदस्यको लागी दरखास्तको ब्यक्तिगत विवरण माग गर्दै बारले सूचना निकालेपछि परीक्षणबाट अयोग्य पंगु सावित एकजना पूर्व न्याय परिषद सदस्यको निवेदनले कोरोना कहरको यो समयमा खित्काजनक अवस्था सृजना भएर इतिहास सम्झिनु पर्ने यो बाध्यता आइ लागेको हो ।

इतिहासको ऐनाबाट केही अपवादबाहेक कोही बच्‍न सकेको छ र कोही आजसम्म ‘दुधको दुध पानीको पानी हुन नसके पनि कति पानीमा कति दुध र कति दुधमा कति पानी’ छुट्याउन सकिने अवस्था रहने हुनाले कुरा यथार्थपरक घेरोभित्रै हुन्छ भन्‍न गलत हुन्‍न । सामाजिक सञ्‍जालमा आएको खबर पोष्टको भाव अनुसार यी पूर्व माननीय निवेदकको नियुक्तकर्तालाई के आग्रह रह्यो भने कि यिनले पहिले काम गर्दा पेन्सन पाउने अवस्था नबनेकोले अब नियुक्ति पाएको खण्डमा पेन्सन पाउने अवस्था बनी उत्तरार्धको बाकि जीवन सहज ढगंबाट बिताउन सकिने हुँदा धर्म कमाउन मानवियताको यो पूण्य कर्म नियुक्तिकर्ताले गर्नुपर्छ । साथै उनले आफ्नो पालामा परिषदलाइ गर्व गर्न लायक निकायमा परिणत गरेको हुनाले त्यो गौरवमय स्वर्णिम कालको सम्झना गर्दै उनी जती योग्य,इमान्दार,सक्षम र अग्रगामी छलाङका साथ समयको चुनौतीलाइ बुझी तदअनुरुप परिषदलाइ सफलताको शीखरमा लग्‍न सक्ने अरु कोही हुनै सक्दैन ।

यसर्थ अरुलाइ नियुक्ति दिँदा उनलाई ठूलो अन्याय पर्ने हुँदा उनको नियुक्तिको सुनिश्‍चितता गर्नु नै समानीयको भावबाट परिचालित हुनु हो । परिषदबाट बहिर्गमन हुँदा अयोग्य पंगुको पगरि भिरेका उनले के-कस्ता काम गरे कसैको नजरबाट छिपेको छैन । आश्चर्य त यो कुरामा छ की आफूलाई अब्बल घोषित गरेर नियक्ति उनलाई नै दिनु पर्ने आशय व्यक्त गर्दा उहिल्यै नांगेझार भई सडकमा इज्जत लिलाम भएर कति समयसम्म मुख लुकाइ हिँडने ती नियुक्तिको निवेदन हल्लाउँदै बारमा आउँदा किँचिद लाज मानेको देखिएन । हुन त भ्रष्टकर्म बाट मन्त्री हुँदा जोडेको नोट पानिट्यांकीमा लुकाएर सुशासनको कुरा गर्दै हिडने,स्याटालाइटबाट बिजुली बेचेर खरबौ रकम कमाउन सकिने बतासे गफ ठोक्ने,बिजुलिमा उहिल्यै आत्मनिर्भर हुन सक्ने परियोजना निजी स्वार्थ खातिर तुहाइदिएर राष्ट्र जोगाएको अराष्ट्रीय गफ हाक्ने जस्ता जमातका जमात नेता,मन्त्रि,प्रधान मन्त्री रहेको पार्टिको स्कुलिगंबाट प्रशिक्षित भएरै होला यि नेता जस्तै सरम नमान्ने बहुरुपी हुन गएका । तथापी समय काल परिस्थितिले परिबर्तनको असल बाटोमा लाग्न सक्ने झिनो सकारात्मक्त आश रहनु स्वाभाबिकै हो तर धतुरोमा जीवन दायनी बुटी खोज्नु व्यर्थ नै रहेछ । जो इन्को निबेदनले स्पष्ट पारेको छ।

नेपाल बारले उल्लेखित पदको लागी सूचना निकाल्नुको पछाडि कुन सिद्धान्त वा के बाध्यता थियो त्यो उनैले जानुन ,कालक्रममा उनैले प्रष्ट्याउलान पनि।तर सिद्धान्ततः यस्तो सम्मानित पदलाइ बिग्यापनको माध्यमबाट सामान्य सहायक वा अधिकृत जागिरे सरह पुर्ति गर्ने प्रकृयामा लानु आफैमा गलत हो भन्ने धारणा आम छ। बारले आफ्नै प्रकारको बिशिष्ट बिधि ,प्रकृया निर्माण गरि सो द्वारा योग्य विद्वानको नाम सकंलन गरेर रोष्टर बनाइ त्यसमध्ये यथार्थपरक मूल्याकंनका आधारमा योग्यतमको सिफारिस गर्ने प्रचलनको अभ्यास गर्नु पर्ने थियो।यसो गर्दा पदको गरिमा बढने मात्र होइन कि एउटा राम्रो पद्धती को सुरुवात,बिकाश हुन गइ राजनैतिक हस्तक्षेपको मात्रा घटन सक्ने अवस्था पनि रहन्थ्यो।हिजोको दिनमा बारले यो नगरेको हुनाले आजको बारले पनि यो गर्नु नपर्ने भन्ने ‘लजिक’ जायज मान्न सकिएला र रुराम्रो कामको सुरुवात गर्न कुनै साइत हेर्नु पर्दैनथ्यो । अहिले पनि केहि बिग्रको छैन । बारलाई योग्य,राम्रा,विशिष्ट विद्वानको पहिचान गर्न सम्पूर्ण ,डाटा’ नेपाल अधिराज्यबाट क्षणभरमा उपलब्ध हुन सक्ने अवस्था छ।तेसैको आधारमा योग्यतमको छनौट गरेर रोष्टर बनाउन गाह्रो छैन।रोष्टर बनेपछी यस्लाइ बेला बेलामा ‘अपडेट’ गर्ने हो जो गाह्रो हुन्न जस्लाइ वकिलबाट अन्य संवैधानिक पदमा लगिने नियुक्ति छनौटमा समेत प्रयोग गर्न सकिने भइ एउटा असल स्थाइ प्रकृयाको विकास हुन जान्छ। वकिल समुदायमा छलकपट रहित, बिधि बिधानको शासन व्यवस्थामा आस्था रहेको,निति नियम सिरोपर गर्ने, निश्वार्थी ,गहिरो ग्यान र अनुभबले आकण्ठमग्न, लुच्चा स्वार्थिको दोहोलो काटन सक्ने लोभ लालच बाट पर रहेका, राम्रा आचरणमा ढलेका व्यक्तित्व विद्वान,विदुषीहरुको कमी छैन। दिव्यदृष्टी होइन मात्र ईच्छाशक्तिको आवश्यक्ता छ।बारले इतिहासमा नाम राख्ने हो भने यो राम्रो मौका हो।राम्रोको लागी कदम बढोस,हामीले गर्न सक्ने कामना यति हो।हुनत बारको प्रमुख नेतृत्वकर्तालाइ रोष्टर बनाएर सिफारिसको प्रकृयालाइ अगाडी बढाउन उपयुक्त हुने सुझाब प्रदान नगरिएको थिएन तर त्यो एक कानले सुनेर अर्को कानले उडाउने काममा सिमित हुन गएको बारको जारी सूचनाले प्रष्ट पारेकोले यस बिषयमा चर्चा चल्दा थप भनिइनेनै हुदा अहिलेलाइ अरु टिप्पणी नगरौ।तथापी अहिले रोष्टर बनाउन समय पुग्दैन भने पछिलाइ सजिलो र विबाद रहित नियुक्ति बनाउन रोष्टर निर्माण गर्ने एजेण्डालाइ बारले प्राथमिक्तामा राखोस।कुनै कानूनि बाधा छ र रोष्टर बनाउन ?

इतिहासको एउटा दृष्टान्त बारले के नभुलोस भने मन्त्रिपरिषदको अध्यक्ष भइ प्रधान न्यायाधिसले देशको शासन व्यवस्था हाक्दा कामु प्रधान न्यायाधिसले पुनराबेदन अदालतमा न्यायाधिस परीक्षा प्रणालीबाट नियुक्ति गर्ने भनेर मागिएको दरखास्त अनुसार प्रकृया सुरु गरि दरखास्त हाल्नेको नाम ‘गोरखापत्र’मा प्रकाशीत गराएर नियक्ति गर्ने बेला ति देखि बाहेककालाइ नियुक्ति गरेर दरखास्त हाल्नेलाइ ‘झण्डै मान्या (माननिय न्यायाधिस)’ को खिसि गर्ने अवस्थामा पुर्याइ लोकलाइ बेवकुफ बनाउने काम गरिएको थियो।अहिले पनि त्यो आखांमा छारो हाल्ने काम संझने दरखास्तवालाहरुले ुजेठो मामाको त भाङ्ग्रा धोति कान्छा मामाको के गतिु भनेर सर्बोच्च अदालतलाइ जेठा मामा र नेपाल बारलाइ कान्छो मामाको पगरि गुताउदै बारमा दरखास्त हाल्नेहरु भित्रै बाट नियुक्ती हुन सक्ने के ग्यारेण्टी छ भनेर व्यङ्गात्मक अभिव्यक्ति बार नेतृत्व सामु नै खुलेर गर्न थालेका छन।हुन पनि प्रचलीत कानूनी व्यबस्था अनुसार राजनैतिक नेतृत्वले योग्य ठहराएको जो कोहीलाइ बारको कोटाको नाममा जस्केलाबाट नियक्ति दिलाउन नसकिने अवस्था छैन।साथमा कुरा यो पनि सत्य हो कि बारमा जुन राजनैतिक दलको ुमेजोरिटिुहुन्छ तेसैको ‘पेरिफेरिका’ विद्वान मात्र नियुक्तिको उद्येश्यको लागि योग्य मानिन्छन तर हुनु पर्ने त्यो मात्रै हो त रुके यस्ले ‘फेयरनेसको’ सन्देश दिएको छ रुके दलिय घेरा भन्दा बाहेकका वकिल योग्यतमको श्रेणिमै आउन्ननरु यो त सिधै मोलाहिजा गरेको देखिएन र ? लोकतन्त्रमा सबै अटाउनु पर्ने ‘बेसिक प्रिन्सिपलुको खिलाफ दिनदहाडै छोइछिटो गरेर कथनी र करनीमा आकास जमिनको भिन्नता गर्नु ठिक हुन्छरु यस्ले त जन सम्बैंधानिक सर्बोच्चता भनिएको गणतन्त्रकै खिल्लि उडेन र भन्यारुन्यायिक स्वच्छताको खातिर मोलाहिजा नगरी दलिय राजनिति भन्दा माथी उठेर योग्यतमलाइ नियुक्ति सिफारिस गर्ने त्यो क्षमता,योग्यता र आंटको प्रदर्सन गर्न नसक्ने हो र बारले रुरामायणको एउटा प्रसंग छ, हनुमानले बालक कालमा सुर्य निल्ने दुस्साहस गर्दा ,उन्को बल नचाहिने काममा लाग्यो भने संसार तहस नहस हुन सक्ने आंकलन गरी कसैले नसम्झाए सम्म उन्ले आफ्नो बल बिर्सने श्राप सुर्यले दिएकोले कुनै बलशाली काममा लगाउन पर्यो भने उन्लाइ उन्को बलका बारेमा कसैले नसम्झाइदिए सम्म उन्मा बल आउदैनथ्यो ,तेसो हुनाले रावणको छोरो इन्द्रजितले लडाइको मैदानमा लक्ष्मणलाइ घाइते तुल्याइ बेहोस बनाएपछि ओखतीयुक्त जडिबुटी खोज्‍न हनुमानलाई अह्राउदा उन्लाइ बलको जानकारी गराएको हुनाले जडिबुटी चिन्नेले आफै टिपुन भनेर ऊन्ले जडिबुटिको पर्बतनै उखेली ल्याएका थिए।भन्या जस्तै झण्डै प्रतेक जिल्ला अदालत,उच्च अदालत पिच्छे छाता संगठनको रुपमा बार भएको नेपाल बार विधानतः आफैमा यत्ती शक्तिशाली छ कि चाह्यो भने तेस्ता राजनैतिक नेताको टुप्पी देखी पैताला सम्म धुवा छुटाएर गलहत्याउदै बारमा राजनैतिक हस्तक्षेप गर्न सक्ने आंट सदाको लागी समाप्त गराइदिन सक्छ। आजको बारको ुक्यारेक्टरु पुराणको हनुमान हो र ‘प्रत्येकचोटी शक्तिशाली छौ, चाह्यो भने गर्न सक्छौं’ भन्नु पर्ने ? अब पनि धरातलिय यथार्थलाइ लत्याएर रुझेको च्याखुरो जस्तो निरिह भइ बस्नु सुहाउदो होला र रुअझै पनि केही थाहा नपाएको जस्तो गरी सुति बस्ने हो की केहि गर्ने जांगरका साथ उठने हो ?

केहि समय अगाडि एकदम गोप्य तवरले प्रधानमन्त्रीको कोटाबाट परिषदमा सदस्य हुन गएका झण्डै ८० वर्ष पुग्‍न लागेका दरबारी पाका वृद्धको बिषयलाइ लिएर न्यायपरिषदलाई कतै कानुन विज्ञको नाममा नाति नातिनी खेलाएर राम नामी जप्दै र्याल चुहाएर सुरालमा छोडने बेकम्मा बुढा जम्मागर्ने थलोको रुपमा बिकास गर्न लागिएको त होइन भन्ने तिखो टिप्पणि छापामा पढन पाइया थियो । यस्तो टिप्पणी गर्न बल मिल्नुको पछाडि बारका कोटाबाट नियुक्ति पाएर भख्खरै निवर्तवान भएका बृद्ध माननिय सदस्यको तत्कालिन महिला सभामूखको सर्कारि निबासमा,तत्कालिन महिला प्रधान न्यायाधिस सहितको जमघटमा, पुनराबेदन अदालतको न्यायाधीस नियुक्ति गर्ने क्रमका बौलठ्ठी प्रतिकृया एवं कर्म सहितका अन्य बिवादास्पद कृयाकलाप समेतले पनि हुन सक्छ ।तर तेस्तो टिप्पणि गर्नु अघी सम्झनुपर्ने यो पनि थियो कि त्यहा युवा उमेरकालाइ सदस्यमा लग्दाचैँ भयो के जस्का सम्बन्धमा माथी यथेष्टै भनि सकियो । भनेपछि कुरा युवा वा बृद्धको कदापी होइन। कुरा काम गर्ने जांगरको,आदर्शको,पक्षपात रहित सत्कर्मको,मोलाहिज रहित आचरणको अनि सफा नियतको एवं बौद्धिक्ताको हो ।

अन्त्यमा ,महाभारतको युधिष्टिरले यक्षको प्रश्नको यथोचित बुद्धिमत्तापूर्ण जबाफ दिएर बेहोस भएर मृततुल्य भएका भाइलाइ बचाए जस्तै प्राचिन ग्रिसको पनि यस्तै एउटा लोक प्रसंग छ, सिंहको जिउ भएकी दैत्य सुन्दरीले देशवासीलाई खाएर आतंक मचाएपछि प्रजालाई बचाउने बुद्धिमान हिम्मतवाल राजाको एक देशमा दैत्य सुन्दरीले त्यसरी प्रजाको विनास गर्न थालेपछि देश बचाउन राजा आफैं उनी सम्मुख गए । दैत्य सुन्दरीले राजालाई आफ्नो सामु पाएपछि भनिन् । मैले तिम्रो देशका जनतालाई एउटा प्रश्न सोधेका थिए, जसको सहि उत्तर कसैले दिन नसकेको कारण तिनलाई मैले खाएको हो । तिमीले पनि दिन सकेनौं भने तिम्रो पनि त्यही गति हुनेछ । राजाले प्रश्न राख्‍न भनेपछि दैत्य सुन्दरीले राखेको प्रश्‍न यो थियो ‘तेस्तो जिब जो बिहान ४ खुट्टाले, दिउँसो २ खुट्टाले र बेलुका ३ खुट्टाले हिँडछ के हो ?’ राजा गहिरो सोचका, दिमाग खियाउने बुद्धिमान थिए । उनले जवाफ दिए’ त्यो जीव हो मानिस । मानिस बालककालमा ४, यौवनकालमा २ र बुढेशकालमा लठ्ठी सहित ३ खुट्टाले हिँडछ ।होइन त ? यो शतप्रतिसत सत्य दैत्य सुन्दरीले खोजेको जवाफ थियो । तत्पश्चात ती दैत्य सुन्दरी कहिल्यै त्यो देशमा देखा परिनन् । देश बच्यो । कथाको सारांश के हो भने त्यो देशको राजा जस्तै न्यायपरिषदमा जाने बारको प्रतिनिधी गहिरो सोचको, इमान्दार मात्रै भइदिए, अराजक र अस्वच्छताले भरिएको न्यायपालिका केही हद सम्म भएपनि स्वच्छ भइ बाच्न सक्थ्यो कि ? अस्तु !

(लेखक वरिष्ठ अधिवक्ता हुन् ।)