जिन्दगी रामशरण देउजा

लेखाजोखा न्युज
२८ आश्विन २०७७, बुधबार १२:२३

जिन्दगी एक लामो यात्रा
जन्मसँगै सुरु भएर
मृत्यु पश्‍चात सिद्धिने
जात्रा जस्तै हो जिन्दगी
जन्मिँदा शुभ समाचार बन्‍ने
मृत्यु हुँदा दुखद घटना मान्‍ने
यहि र यस्तै स्वार्थ र बेमेल
दु:ख र सुखको जाल र झेल
घामछाया जस्तै बाद्लले खेल्ने
जादुझैँ खेल हो जिन्दगी
ल्याएको केही होइन जन्मिँदा
लैजाने केही होइन मृत्यु पछि
जन्मिँदा कतिलाई खुसी बनाइयो
मृत्यु हुँदा मलामी कति पुर्‍याइयो
यहि संख्या कमाउने बढाउने
द्वन्द्व र लडाइँ हो जिन्दगी
तु-तु मे-मे गर्दै गर्दा सकिने
तेरो मेरो भन्दा भन्दै रित्तिने
यहि त हो जिन्दगी
श्वास फेर्दै आश गर्दै
धर्म पाप कोट्याउदै छुट्टयाउदै
कर्म र कर्तव्य मिच्ने पालना गर्ने
चिता सम्मको यात्रा हो जिन्दगी ।